फुटबलको विकासका लागि एन्फा र एपीएफ मिलेर काम गर्न सहमत
काठमाडौं । नेपाली फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशत्र प्रहरी बल (एपीएफ) मिलेर काम गर्न सहमत भएका छन् ।
हल्चोकस्थित एपीएफको हेडक्वाटरमा आइतबार भएको छलफलमा एपीएफ र एन्फा सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।
सहमति अनुसार ग्रासरुट फुटबलको विकास, युवा खेलाडीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न एन्फा र एपीएफबीच सहकार्य हुनेछ ।
छलफलमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलको उत्तम भविष्यका लागि युवा खेलाडीको विकासमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।
एपीएफका महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले एन्फाले मुलुकमा फुटबलको विकासका लागि प्रस्तुत गरेको योजनाप्रति सकारात्मक रहेको बताउनुभयो । यस्तै एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले एन्फाले तयार गरेको योजना प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्