कुखुराको मासुको मूल्यमा गिरावट
काठमाडौं । तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ ।
पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएर प्रति केजी २०० रुपैयां सम्म पुगेकोे नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताउनुभयो ।
४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि नउठ्ने भएकाले सस्तोमा बेच्न बाध्य हुनुपरेको ब्यवसायीहरुले बताएका छन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्