तपाईँ सुन्दै हुनुहुन्छः

ढोरपाटन बाढीपहिरो : सनाखत भएका १४ शव आफन्तलाई बुझाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका– ९ बोवाङमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएका १४ जनाको शव पहिचान भएको छ ।

शुक्रबार पहिचान भएका १४ जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ । बाढीमा परि ज्यान गुमाएमध्ये अहिलेसम्म १४ जनाको शव मात्र फेला परेको छ ।

पहिचान भएका ढोरपाटन नगरपालिका वडा नं. ९ घर भएकी २३ वर्षीय दिलमाया पुन, ३१ वर्षीय रिमकुमारी घर्ती मगर, ३२ वर्षीय सिता बुढा, २६ वर्षीय केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी, ६ वर्षीय बिराज बिक, ६५ वर्षीय ज्योती पुन, २३ वर्षीय दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीय पुनि बिक, ६५ वर्षीय ६५ डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको शव पहिचान गरी आफन्तको जिम्मा लगाइएको भण्डारीले बताउनुभयो ।

घटनामा बेपत्ता भएका २४ जनाको खोजी जारी रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नदी किनारमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button