कोरोना सङ्क्रमितको घरमा खाद्यान्न सामाग्री वितरण

सुनसरी । सुनसरीको दुहवी वडा नं.६ का अध्यक्ष मुन्ना हलुवाईले आज शुक्रवार वडा नं. ६ मा कोरोना सङ्क्रमित भएकाहरूका घरमा खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
समुदायमै कोरोना संक्रमण फैलिरहेको बेला आज वडा नं. ६ का अध्यक्ष मुन्ना हलुवाईले संक्रमितहरुको घरघरमा गएर खाद्यान्न सामाग्री वितरण गरेको वडा अध्यक्ष मुन्ना हलुवाईले बताए ।
वडा अध्यक्षले १५ केजी चामल, २.५ केजी दाल, १ के जी तेल, १ के जी नुन, साबुन १ वटा र मास्क ३ पिस र स्यानिटाइजर लगायतका सामाग्री कोरोना संक्रमितहरुको घरघरमा गएर वितरण गरेको बताए ।








प्रतिक्रिया राख्नुहोस्