तपाईँ सुन्दै हुनुहुन्छः

आ.व. ०७६/०७७ मा पूर्वी नाकाबाट कृषि वस्तु आयातमा वृद्धि

भद्रपुर, झापा । आर्थिक वर्ष २०७६/०७७ मा नेपालको पूर्वी नाका काँकडभिट्टाबाट कृषि तथा कृषिजन्य वस्तुको आयात बढेको छ ।

यस वर्ष काँकडभिट्टा नाका भएर २ अर्व ९९ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको कृषि तथा कृषिजन्य वस्तुको आयात भएको प्लान्ट क्वारेनटाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

आर्थिक वर्ष ०७५/०७६ को तुलनामा यस वर्ष २७ करोड रुपैयाँले आयात बढेको कार्यालय प्रमुख हर्षहाङ राईले जानकारी दिनु भयो ।

काँकडभिट्टा नाका भएर भारतबाट धान, मकै, कोदो, ताजा तरकारी, आलु, प्याज र फलफूल, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिनाबाट दलहन, गेडागुडी र पपकर्न, चीनबाट लसुन र भियतनामबाट मरीच बढी मात्रामा आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button