रुपन्देहीमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा आज थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
गौतम बुद्ध अस्पतालले विज्ञप्ति निकालेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ निवासी ६४ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।
भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा आज बिहान ८.४५ बजे उनको मृत्यु भएको हो ।
त्यस्तै गरी स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको जानकारी अनुसार होम आइसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौलाले काम नगरेपछि चितवनमा डाइलोसिस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना भेक्टर कन्टोल निरीक्षक केदारनाथ साहले बताउनुभयो ।
त्यस्तै आज बिहान बुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्