तपाईँ सुन्दै हुनुहुन्छः

चितवनकी एक कोरोना सङ्क्रमित महिलाको मृत्यु


चितवन । भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका वडा ९ की ३५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती महिलाको आज बिहीबार साँझ ५ बजेर १० मिनेटमा मृत्यु भएको जानकारी दिनुभयो । पौडेलका अनुसार ती महिला खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १४ गते अस्पताल भर्ना भएकी थिइन । उनको भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौला रोगी समेत रहेकी उनको तीन महिना देखि डायलाइसिस चलिरहेको पौडेलले बताउनु भयो ।

महिलाको भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको थियो । यो सँगै आज मात्रै चितवनमा मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । ती मध्ये एक पुरुष नवलपरासी गैँडाकोटका हुन । चितवनका मात्रै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button