तपाईँ सुन्दै हुनुहुन्छः

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना सङ्क्रमित आमा छोराको मृत्यु

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार आमा छोराको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

आज  बिहान धरान उपमहानगरपालिका १७ ठेगाना भएका ७४ वर्षीय कान्छी आमा र ६० वर्षीय छोराको मृत्यु भएको हो ।

दुई जना सिकिस्त भएपछि शनिवार राति अस्पताल लगिएको आमा छोराको मृत्यु ४५ मिनेटको अन्तरमा भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताउनुभयो ।

७४ वर्षीय आमाको आज आईतबार बिहान साढे ८ बजे मृत्यु भएको हो भने छोराको मृत्यु ७ः४५ मिनेटमा भएको हो । मृतक दुबैमा अत्यधिक खोकी उच्च ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको सापकोटाले जानकारी दिनुभयो ।

दुबै जनामा दीर्घ रोग, मधुमेह र उच्च रक्तचापको समस्या थियो । छोरामा दुई महिनायता कलेजोको पनि समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिनुभयो  ।

मृतक दुबै जनाको शव व्यवस्थापन गर्नका लागि धरान उपमहानगरपालिकाले तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button