तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसमा सर्वसम्मत रूपमा सक्षम नेतृत्व छान्नुपर्छः कोषाध्यक्ष यादव

काठमाडौं । नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मत रूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ ।

सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको पुनःजागरण अभियान ः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का काँग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनुभएको हो ।

कोषाध्यक्ष यादवले पार्टीको विधान पालना नहुँदा काँग्रेस झन् कमजोर हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button