स्वास्थ्य विषयका प्राविधिक एसईई सरहका कार्यक्रम खारेज
भक्तपुर । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसईईसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर अनमी, सीएमए ल्याब असिस्टेन्ट लगायत कार्यक्रमको पढाई बन्द गर्ने निर्णय गरेको हो ।
आयोगको बैठकले दफा १५ (४)अनुसार परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसै शैक्षिक सत्रबाट संचालन नगर्ने नगराउने निर्णय गरेको आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बताउनुभयो ।
यो निर्णयसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्ट लगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ ।
आयोगले सम्बन्धित संस्थानको स्तरोन्नति गर्नसक्ने अवस्थामा लचिलो बन्ने निर्णय गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै यस वर्षको शैक्षिक सत्रदेखि नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाएको हो । आयोगले संचालनमा रहेका शैक्षिक कार्यक्रमहरु अध्ययन अवधि पूरा भएपछि स्वतः फेजआउट हुने जानकारी दिएको छ ।
त्यस्तै आयोगले विभिन्न प्रावधानका विषयमा समस्या समाधानका लागि ३ महिना भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न आयोगका सदस्य संयोजक रहने गरी कार्यकारी समितिबाट एक कार्यदल गठन गर्ने निर्णय गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्