तपाईँ सुन्दै हुनुहुन्छः

२० केज हरीणको मासु बरामद

झापा-सशस्त्र प्रहरी बल झापाले जिल्लाको बुद्धशान्ति गाउँपालिका ५ स्थित पानीघट्टाबाट हरिणको मासु बरामद गरेको छ ।
केही व्यक्तिहरूले जङ्गलबाट हरिण ल्याएको र त्यसलाई मारेर मासु काटिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले मंगलबार राति हरिणको मासु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिनुभयो ।

घटनामा संलग्न व्यक्तिहरू भने सशस्त्र प्रहरी पुग्नासाथ फरार भएको जनाइएको छ । बरामद मासु डिभिजन वन कार्यालय झापालाई जिम्मा लगाएइको छ । अन्दाजी २० किलो हरिणको मासु बरामद गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button