अफगानी क्रिकेटर खानको नयाँ कीर्तिमान
काठमाडौं । अफगानिस्तान युवा लेग स्पिनर राशिद खानले टी—ट्वान्टी क्रिकेटमा सबैभन्दा छोटो र कम उमेरमा ३ सय विकेट हात पार्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोउक्सविरूद्ध विकेट हात पार्दै राशिदले टी–ट्वान्टी क्रिकेटमा कीर्तिमान बनाएका हुन् ।
बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिरहेका २१ वर्षे राशिदले सेन्ट लुसियाविरुद्ध २ विकेट लिएका थिए । र, टी–ट्वान्टी क्रिकेटमा आफ्नो ३ सय विकेट पुरा गरेका थिए ।
राशिदले २ विकेट हात पारेपनि टिमलाई जित दिलाउन भने सकेनन् । उनको टिम ७ विकेटले पराजित भएको थियो ।
राशिद विश्वभरका थुप्रै टी(ट्वान्टी प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । उनले छोटो समयमा आफूलाई विश्वको उत्कृष्ट बलरको रुपमा स्थापित गराएका छन् ।








प्रतिक्रिया राख्नुहोस्