तपाईँ सुन्दै हुनुहुन्छः

म्यानचेस्टर सिटीका पूर्व कप्तानद्वारा खेल जीवनबाट सन्यासको घोषणा

काठमाडौं । म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा डिफेन्डर भिसेन्ट कोम्पनीले व्यवसायिक फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

बेल्जियमका डिफेन्डरले सोमबार व्यवसायिक फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । सिटीमा ११ वर्ष बिताएका कोम्पनीले गत सिजन क्लब छाडेका थिए ।

कोम्पनीले सिटीबाट चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेका थिए । कोम्पनीले सिटीबाट ३ सय ६० खेलमा २० गोल गरेका थिए । बेल्जियमका लागि उनले ८९ खेल खेलेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button