पहिरोमा पुरिएका १९ जनाको शब फेला

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप तिन जनाको शव भेटिएको छ ।
यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।
यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सात महिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।
लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अहिले क्षति भएको प्रति दुख ब्यक्त गर्दै पहिरो बाट बाँचेकाहरुलाइ सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । तत्कालका लागि १५ हजार रुपैयाँ दिएको र मृत्यु भएका प्रति परिवारलाइ २ लाखको दरले राहत उपलब्ध गराएको ढकालले बताउनुभयो । उहाँले एउटै घरका २ जनाको या सो भन्दा बढिको मृत्यु भएको भएमा सँख्या अनुसार १ र १ लाख रुपिँया बढ्दै जाने समेत बताउनुभयो । प्राधिकरणले तत्काल स्थानान्तरण गर्नु पर्ने अवस्था नरहेको बताएकाले स्थानान्तरण नभएको र घटना भएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्