तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा राप्ती नदीद्वारा कटान तीब्र

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा राप्ती नदीले गरिरहेको कटानको अनुगमन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुर क्षेत्रमा राप्ती नदीले गरिरहेको कटानको आज अनुगमन गरिएको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसहितको टोलीले नदी कटानको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष थारु, पूर्व मन्त्री प्रेम बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडा नम्बर २ का वडाध्यक्ष मदन वली लगायतले अनुगमन गर्नुभएको थियो ।

नदी कटानको अनुगमन गर्दै अध्यक्ष थारुले रोकथामका लागि तत्काल कदम चाल्ने बताउनुभयो । तटबन्धका लागि संघ र प्रदेश सरकारसँग पहल गर्ने अध्यक्ष थारुले बताउनुभयो ।

पूर्व मन्त्री भण्डारीले कटान नियन्त्रणका लागि सक्दो पहल गर्ने बताउनुभयो । राप्ती नदीले बहाव परिवर्तन गर्दा राप्तीसोनारी क्षेत्रमा सयौं विगाह जग्गा कटान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button