लमजुङको सुन्दरबजार नगरपालिकाको ५ वडामा अनिश्चतकालिन निषेधाज्ञा
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाका पाँच वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । सुन्दरबजार नगरपालिका ७ का ३२ बर्षिया एक पुरुषमा कोरोना संक्रमण देखिएसंगै जिल्लाको जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समुदाय स्तरमा कोरोना फैलिन थालेपछि जोखिम बढेकोले सुन्दरबजार नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाहरुमा शुक्रबार दिउसो ३ बजेदेखि लागु हुने गरी अनिश्चितकालिन रुपमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो ।
संकट व्यवस्थापन केन्द्रका अनुसार औषधी उपचार, खाद्यबस्तु खरिद, आफ्नै खेतबारीमा काम गर्ने, जस्त कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन रोक लगाईएको छ ।
एम्बुलेन्स, बिरामी बोकेको गाडी, खाद्यबस्तु तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ वोक्ने गाडी, सव वहान, फोहोर व्यवस्थापन गाडी, पशुपन्क्षी दाना बोक्ने गाडी, संचारकर्मी, स्वास्थ्यकर्मी तथ सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक अन्या निजि तथा सार्वजनिक सवारी चलाउन पुर्ण रुपमा रोक लगाइएको छ ।
यस्तै अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । तर खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।
स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालय बाहेक बैंक वित्तीय संस्था सहकारीसहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्न रोक लगाइएको छ ।
धार्मिक, साँस्कृतिक सामाजिक (विवाह, व्रतबन्ध) लगायत कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्चालन गर्न पनि रोक लगाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्