९ वर्षदेखि अपहरण मुद्धाका फरार अभियुक्त पक्राउ
वीरगञ्ज । अपहरण तथा शरिर बन्धक मुद्धामा ९ वर्षदेखि फरार अभियुक्त बन्हु सहनीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ निवासी ३८ वर्षीय सहनीमाथि जिल्ला अदालतले २०६८ मंसिर १६ मा अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै सहनी फरार भएका थिए ।
यसैगरी सहनी ५० किलोग्राम अबैध लागूऔषध गाँजाको ओसारपोसार मुद्धामा समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतले फैसला कार्यान्वयनका लागी फरार अभियुक्त बन्हु सहनीलाई झन्डै ९ वर्षपछि वीरगञ्जको ईनर्वाचोकबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्