नेकपाका ६१ जना सांसदहरुको प्रतिबद्धता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरुले पार्टी एकता र हितविरुद्ध हुने कुनै पनि विवाद र गतिविधिमा सहभागी नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज संघीय संसद सचिवालय, सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँहरुले पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष—विपक्षमा नलाग्ने सामुहिक प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा सहभागी प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले अखण्ड नेकपा कायम राख्न आफूहरुले स्वस्फूर्त अभियान सुरु गरेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधव नेपाल गरी तीनै पक्षका सांसदहरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्