तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज  । बाँकेमा आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ८६ पुगेको छ । ती मध्ये तीन सय ९४ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button