अरिङ्गालको टोकाइबाट तुलसीपुरमा दुई महिला बिरामी

तुलसीपुर । अरिङ्गालको टोकाइबाट तुलसीपुरको राना गाउँमा दुई महिला बिरामी भएका छन् ।
घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका तुलसीपुर उपमहानगरपालिका–३ राना गाउँ निवासी २४ वर्षकी दिक्षा केसी र २२ वर्षकी कमला खड्का बिरामी परेका हुन् ।
उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको स्वास्थ्यकर्मी अर्जुन न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्