तपाईँ सुन्दै हुनुहुन्छः

सदस्य सचिव सिलवालद्वारा सम्पत्ति विवरण पेश

काठमाडौं । नेपाल सरकारको नियम अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आफ्नो सम्पत्ती विवरण बुझाउनुभएको छ ।

सिलवालले बुधबार आफ्नो सम्पत्ती विवरणको सूची खाममा राखेर सतर्कता केन्द्रमा बुझाउनु भएको हो । सम्पत्ती कति रहेको भन्ने विवरण खुलेको छैन ।

सदस्य सचिव हुनुभन्दा अगाडी देखि नै विभिन्न व्यवसायमा काम गरिरहनु भएका सिलवालले विभिन्न कलेजहरु चलाउँदै आउनु भएको छ ।

पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद्ले नै आफ्नो मातहतका सबै कर्मचारीको विवरण बुझाउनका लागि पत्राचार गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button