कोरोना नियन्त्रणका लागि जनचेतना अझै बढाउन आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणमा सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनचेतना अझै बढाउन जोड दिनुभएको छ । ‘ सरकारको कामले मात्र पुग्दैन, कोरोनासँग लड्न जति जनचेतना बढाउन सक्यौं त्यति नै सजिलो हुन्छ ।’ प्रधानमन्त्री ओलीको भनाई छ ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा जनस्वास्थ्यबिज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि थप जिम्मेवारीका साथ लाग्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रम कार्यालयका सचिव महेन्द्र गुरागाईंले अहिले प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको जानकारी दिनुभयो । बैठकमा अहिलेसम्म ४ लाख जनाको पीसीआर विधिबाट टेष्ट भएको जानकारी दिइएको थियो ।
कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्न थालेपछि यसको रोकथाम, उपचार र नियन्त्रणका लागि थप कदम चाल्न सरकारले आज जनस्वास्थ्यबिज्ञहरुसँग छलफल गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजबादी दलका अध्यक्ष महन्थ ठाकुरसहित जनस्वास्थ्यविज्ञहरुसँग अहिले छलफल गरिरहनुभएको छ ।
छलफलमा कोभिड व्यबस्थापन केन्द्र, सिसिएमसीमा रहनुभएका मन्त्रीहरु, सचिवहरु र जनस्वास्थ्यविज्ञहरुसहति २७ जना सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भएपछि गएको चैत्र ११ देखि पटकपटक गरी सरकारले देशभरि लागु गरेको लकडाउन साउन ८ गतेदेखि हटाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्