तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको घरपरिवारसहित १६ जनाको स्वाब पठाइयो

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय कोरोना सङ्क्रमित थुनुवाको घरपरिवार र छिमेकी १६ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

गत सोमबार कोरोना सङ्क्रमण पुष्टि भएका थुनुवा गत मङ्सिरमै भारतबाट फर्केका र ट्राभल हिस्टि नभएका व्यक्ति भएकाले उनका घर परिवारको स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

आफ्नै आमामाथि बलात्कारको आरोप लागेका ती युवा गत असार ३१ गते पक्राउ परेका थिए । यसअघि थुनुवाको सम्पर्कमा रहेका २० प्रहरीसहित २६ जनाको कोरोना परीक्षण गरिएको सबैको रिपोट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button