तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर उच्च तथा जिल्ला अदालतको कामकाज बन्द

जनकपुरधाम । उच्च अदालत जनकपुर र धनुषा जिल्ला अदालतको निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु आजदेखि बन्द भएको छ ।

उच्च अदालत जनकपुरका पटक पटक गरेर दुई न्यायाधीशलाई कोरोना संक्रमण भएपछि आजदेखि साउन ३१ गतेसम्मको लागि निश्चित कामकारबाही बाहेक अन्य सबै सेवा बन्द भएको उच्च अदालत जनकपुरका रजिष्टार छगिन्द्र कट्टेलले जानकारी दिनु भएको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफल पछि कोरोनाको जोखिम भएकाले अदालतको कामकाज बन्द गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

लकडाउमा प्रदान गर्दै आएको निश्चित कामकारबाही बाहेक अन्य कामकारबाही आज देखि साउन मसान्तसम्मको लागि स्थगन गर्ने निष्कर्शसहित सर्वोच्च अदालतलाई अनुरोध गर्दा सर्वोच्चले पनि बन्द गर्नका लागि सहमति दिएको रजिष्टार कट्टेलले जानकारी दिनुभयो ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएपछि सो उच्च अदालत जनकपुर, धनुषा जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत सरकारकारी वकिलको कार्यालय तथा नेपाल वार एशोसिएशन जनकपुरधामको कार्यालय बन्द गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका विज्ञ डाक्टरका अनुसार कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेकोले सुरक्षित र सावधान रहनु पर्ने रायसुझावलाई मनन गरी छलफलबाट उच्च अदालत जनकपुर र धनुषा जिल्ला अदालत धनुषाका निश्चित कामकारबाही बाहेक सबै सेवाहरु स्थगन भएको कट्टेलले जानकारी दिनु भयो ।

यस अघि पनि उच्च अदालत जनकपुरधामको अस्थायी ईजलास राजविराजमा कार्यरत रहनु भएका एक जना न्यायाधिशलाई पनि कोरोनाको संक्रमण भएका थिए । त्यसपछि सवैको पि सि आर परीक्षणका लागि स्वास तथा थ्रोटको संकलन गर्ने काम भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button