तपाईँ सुन्दै हुनुहुन्छः

जलबिद्युत आयोजनामा भिषण पहिरो मानव बस्ति समेत जोखिममा

सिन्धुपाल्चोक- नेशनल हाइड्रो पावर द्धारा प्रबर्दित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा गएको भिषण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ ।

पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजे तिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवाफाल्ने) तथा पोखरीलाई पुर्ण रुपमा क्षति पु¥याएको छ ।

पहिरोले तिपेनी बजार तथा पहिरो माथिको मानब बस्ती समेत जोखिममा परेको छ । निरन्तरको बर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा बिस्तारको कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोको कारण सवारी साधन तथा मानिसहरुको आवतजावत समेत बन्दभएको छ । उक्त स्थानमा बैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बिचबाटोमै अलपत्र परेका छन् ।

पहिरोको कारण अलपत्र मानिसको उद्धार तथा अबरुद्ध बाटो खुलाउन तत्कालका लागि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button