तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउनु पर्नेमा जोड

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको आज बसेको बैठकले बन्दाबन्दी खुला भएपछिको अवस्थामा सङ्क्रमणको जोखिम बढेको भन्दै नयाँ रणनीति अवलम्बन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका प्रवक्ता महेन्द्र गुरागाईंले भदौ १ गतेदेखि खुल्ने सेवाहरूका सम्बन्धमा सुरक्षात्मक मापदण्ड बनाउन मन्त्रालयहरूलाई आग्रह गरिएको र पिसिआर परीक्षण प्रवेश बिन्दुहरूमै सुरु गएकोमा यसलाई अझै बढाउँदै लैजाने सम्बन्धमा छलफल भएको बताउनुभयो ।

प्रवक्ता गुरागाईंले बन्दाबन्दी खुला भएपछिको अवस्थामा सावधानी अपनाउनै पर्ने, मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोगका साथै सामाजिक दूरी कायम गर्नुपर्ने कुरालाई कडाइका साथ पालन गर्नुपर्ने बैठकमा जोड दिइएको पनि बताउनुभयो ।

आगामी दिनका क्रियाकलापलाई ध्यानमा राखेर यस विषयमा थप सतर्कताका सम्बन्धमा निर्णय लिइने पनि प्रवक्ता गुरागाईंले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button