‘आईसीसी क्रिकेट विश्वकप सुपर लिग’ को घोषणा
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक रुपमा ‘आईसीसी क्रिकेट विश्वकप सुपर लिग’ को घोषणा गरेको छ ।
आईसीसीले सोमबार एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप सुपर लिगको घोषणा गरेको हो । १३ टोलीले खेल्ने विश्वकप सुपर लिग एकदिवसीय फर्म्याटको हुनेछ ।
यही जुलाई ३० मा साउथह्याम्पटनमा हुने इंग्ल्यान्ड र आयरल्याण्डबीचको खेलसँगै विश्वकप सुपर लिग सुरु हुने आईसीसीले जनाएको छ ।
विश्वकप सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्ड्ससहित १३ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
हरेक टोलीले होम एण्ड अवेका आधारमा ३ खेलको ४–४ सिरिज खेल्नेछन् । विश्वकप सुपर लिगको शीर्ष ७ टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्