तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा नेवार समुदायको लाखे नाच सुरु

भोजपुर । नेवार समुदायको प्रसिद्ध लाखे नाच भोजपुरमा शुरुं भएको छ ।

परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र संवर्धनका लागि युवाहरूको पहलमा लाखे नाच सुरु गरिएको युवा बिनम श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो “विगतदेखि नै भोजपुरमा लाखे नाच हुँदै आइरहेको छ र यो नाग पञ्चमीबाट बिधिवतरुपमा नाच्न सुरु गरिन्छ ।”

विगत वर्षहरूमा अव्यवस्थितरुपमा लाखे नाच नाच्ने गरिन्थ्यो, यसलाई व्यवस्थित र नियमबद्ध बनाउनका लागि युवाहरू सक्रिय समेत बनेका छन् । नेपालीहरूको कला, संस्कृति, परम्पराको संरक्षण गर्दै लाखे नाच संरक्षणमा पनि सबै जुट्नु पर्ने भोजपुरेको माग समेत रहेको छ ।

कोरोना सङ्कटका बिचमा पनि सावधानी अपनाउँदै थोरै सङ्ख्यामा भए पनि लाखे नाच व्यवस्थित गरिने युवा नवीन प्रधानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button