तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा स्कारपियो जिपले ठक्कर दिँदा घाइते भएका दुई जनाको मृत्यु

तुलसीपुर । राप्ती गाउँपालिकामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ ।

लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२०च ५७४४ नम्बरको स्कारपियोले शनिवार बेलुका पौने ७ बजे ठक्कर दिँदा घाइते भएका ५० वर्षीय गाउँका अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।

गाउँका अगुवा राजकुमार चौधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही घटनामा परेर घाइते अन्य तीन जनाको बुटवलमा उपचार भइरहेको छ । घाइते राप्ती गाउँपालिका–८ पिपरीका ७ वर्षकी बालिका सृष्टि गुरुङ, २२ वर्षकी गौरी चौधरी र उनकी २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् ।

गुरही सेलाउने क्रममा स्कारपियो जिपले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button