तपाईँ सुन्दै हुनुहुन्छः

आइपिएलको १३ औं संस्करण असोज पहिलो सातादेखि

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण असोज पहिलो साता देखि सुरु हुने भएको छ ।

यस पटकको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने यस अघि नै निश्चित भएको थियो ।

आइपिएल काउन्सिलका अध्यक्ष वृजेश पटेलले आइपिएल यस वर्ष असोज ३ देखि सुरु हुने बताएका छन् । पटेलका अनुसार आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् ।

आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button