तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ को बजेट अधिवेशन साउन ९ गते राति १२ बाट अन्त्य हुने


विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको बजेट अधिवेशन भोली साउन ९ गते सुुक्रवार राति १२ बाट अन्त्य हुने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जारी छैठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोले मन्त्री परिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव स्विकृत गर्दै यातायात व्यवस्था कार्यालय ओखलढुङं्गामा स्थापना गर्ने र महालेखा परीक्षकको प्रतिवेदन–२०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय भएको वताउनुुभयो ।

त्यस्तै वैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव अनुसार मस्जिद व्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०७७ स्वीकृत गर्नुका साथै सामाजिक संस्था ऐन–२०७५ संशोधनका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

पर्यटन विकास सम्वन्धी नियमावली –२०७७ र प्रदेश वातावरण सम्वन्धी नियमावली–२०७७ समेत बैठकले स्वीकृत गर्ने निर्णय गर्नुुका साथै पर्यटन र वनसँग सम्वन्धित कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । वैठकमा प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा भएका कामको बाँकी भुक्तानी दिने र स्रोत मिलान गर्ने निर्णय भएको मन्त्री आङवोले बताउनु भयो ।

वैठकले प्रदेश सरकारले चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयन प्रकृया सुरु गर्ने तथा घरेलु विकास समितिमा कार्यरत सबै करार सेवाका कर्मचारीहरुको समयावधी एक वर्ष म्याद थप गर्ने निर्णय गरेको छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार संङ्घीय सरकारले घरेलु विकास समिति हस्तान्तरण गर्दा आएका सबै अस्थायी करार सेवाका कर्मचारीहरुको म्याद एक वर्ष थप गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button