तपाईँ सुन्दै हुनुहुन्छः

बेसारको नयाँ जात ‘कपुरकोट हलेदो १ र २’ पत्ता लाग्यो

सल्यान । राष्ट्रिय अनुसन्धान केन्द्र कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रमले दुई वर्ष लामो अनुसन्धानबाट दुई जात ‘कपुरकोट हलेदो १’ र ‘कपुरकोट हलेदो २’ पत्ता लगाएको हो ।

पत्ता लगाइएको बेसारेका दुई जात राजपत्रमा समेत प्रकाशित भइसकेको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डा. समिद अहमदले जानकारी दिए । सिफारिस गरिएका पत्ता लगाइएको दुई जात नेपालको मध्य पहाडी क्षेत्रमा खेतीका लागि सिफारिस गरिएको उनको भनाई छ ।

तराई र मध्य पहाडी भेगमा उत्पादन गर्न सकिने बेसार समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाईको भू भागसम्म उत्पादन गर्न सकिने डा. समिदले बताए । उनले भने ‘हामीले नयाँ जातको करिब २ हजार ३ सय किलो विउ उत्पादन गरेर नेपाल विभिन्न जिल्लामा पु¥याएका छौं ।’
सिफारिस गरिएको कपुरकोट हलेदो १ को उत्पादन क्षामता २७ दशमलव ८३ मेटिक्टन प्रतिहेक्टर रहेको छ भने बेसार बन्ने क्षामता १३ दशमलव ८ प्रतिशत रहेको उनको भनाई छ ।

बेसारको नयाँ जातलाई धादिङ, अर्घाखाँची, दाङ र नुवाकोटमा रहेको कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराइएको अदुवाबाली अनुसन्धान कार्यक्रममा सूचना अधिकारी खेमराज शर्माले बताए । चालु आर्थिक वर्षमा अन्य जिल्लामा पनि विस्तार गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
सल्यानमा तीन वटा क्षेत्रलाई बेसार पकेट क्षेत्रकका रुपमा विस्तार गरिएको छ । जिल्लाको शारदा नगरपालिकाको माल्नेटा, कालिकाटी गाउँपालिका र बागचौर नगरपालिकालाई बेसार पकेट क्षेत्रका रुपमा घोषणा गरी उत्पादन भइ रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

जिल्लामा ३ सय ५० हेक्टर भन्दा बढी क्षेत्रफलमा बेसार खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button