तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभावित ऋणीलाई आठ करोड बढी ब्याज छुट

रुपन्देही । रुपन्देहीमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कोभिड–१९ को असरबाट प्रभावितहरुका लागि नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु. ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ ।

यसैगरी सम्पूर्ण कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ । यस्तै बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशत दरले रु. ३५ लाख रुपैयाँ छुट गरेको थियो ।

नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोभिड–१९ वाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तीगत घर कर्जा वार्षिक ९.५० प्रतिशतमा प्रवाह गर्नेे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

राष्ट्रियस्तरको विकास बैंकका रुपमा रहेको यो बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ भने बैंकले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालयमार्फत बैंकिङ्ग कारोवार गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button