तपाईँ सुन्दै हुनुहुन्छः

बैद्य नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा नियुक्त

अजय बम । नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द बैद्यलाई नेपाल ओलम्पिक कमिटीले कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

बैद्यलाई ओलम्पिकका अध्यक्ष जीवनराम श्रेष्ठ तथा कोषाध्यक्ष रतन टण्डनले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको थियो । ओलम्पिक कमिटीको इतिहासमा पहिलो पटक कार्यकारी निर्देशक पदको स्थापना गरिएको हो ।

बैद्यले सन् १९८५ मा एनबीए गर्नुभएको थियो । टेबल टेनिसका पूर्व खेलाडी समेत रहनु भएका बैद्यले पछिल्लो पटक संघको अध्यक्ष रहदै आएउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button