तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको छ अर्थमन्त्री

 काठमाडौं । अर्थ एवं संचार तथा सुचना प्रबिधी मन्त्री डा. युवराज खतिवडाले सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने नीति लिएकाले त्यस अनुरुप उत्पादन परिमाण र गुणस्तरमा जोड दिनु आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधी सभा, उधोग समितीको आज बसेको बैठकमा सांसद तथा व्यवसायीहरुले उठाउनु भएको जिज्ञासको जवाफ दिदै अर्थमन्त्री डा. खतिवडाले एकाधिकार कायम नहुनेगरी गुणस्तर र उत्पादन क्षमता बढाएर मांग परिपूर्ति गर्ने किसिमले स्वदेशी उधोगहरु अगाडी आउनुपर्ने बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सरकार सकारात्मक रहंदै आएकाले त्यसको उपभोग गर्दै देशलाई आत्मनिर्भर र समृद्ध बनाउने दिशामा सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

बैठकमा सांसद तथा व्यवसायीहरुले स्वदेशी उत्पादन पर्वद्धन गर्ने नीतिलाई ब्यवहारिकतामा उतार्ने तर्फ सरकारले बिशेष ध्यान दिनुपर्ने मांग गर्नुभयो ।

उहाँहरुले पहिलेको भन्दा स्वदेशी उत्पादन बढ्ने क्रममा रहेकाले खरीद प्रक्रियामा स्वदेशी उत्पादनलाई सहज प्रवेशको व्यवस्था हुनु जरुरी रहेको र त्यसका लागि पूराना नियम कानूनको परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button