पूर्व सांसद एवं पुराना वामपन्थी नेता बर्मन बुढाको निधन भएकोमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सांसद एवं पुराना वामपन्थी नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
स्वर्गीय बुढा २०४८ सालमा रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।
प्रधानमन्त्रीले स्वर्गीय बुढाको आफ्नो मौलिक परिचय र भेषसहित संसद्मा उपस्थित भएको स्मरण गर्दै उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले स्वर्गीय बुढाको शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्