तपाईँ सुन्दै हुनुहुन्छः

भलिबल खेलाडी मालीलाई आर्थिक सहयोग

काठमाडौं । भलिबल खेलाडी प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको कोषले ब्याज रकमबाट खेलाडीलाई सहयोग गर्दै आएको छ ।

कोषले गतवर्ष चोट लागेपछि शल्यक्रिया गराएर हाल फिजियोथेरापी गराइरहेकी प्रतिभालाई २ लाख रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले प्रतिभाले फिजियो गराउने ग्वार्कोस्थित अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टर पुगेर चेक हस्तान्तरण गर्नुभएको थियो ।

न्यु डायमण्डकी स्पाइकर प्रतिभाले नेपाललाई एभीसी सेन्ट्रल जोनको उपाधि र १३ औं सागमा रजत पदक जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

गत माघमा एनभिए कप क्लब च्याम्पियनसिपमा एपिएफविरुद्ध फाइनल खेल्ने क्रममा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो । त्रिपुरेश्वरस्थित ब्लुक्रसमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसको केही समयपछिबाट उनले अर्थोप्लास्टमा फिजियो गराउँदै आएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button