तपाईँ सुन्दै हुनुहुन्छः

मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बोर्ड पदाधिकारीको उपस्थितिमा आज दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्दै हुनुहुन्छ ।गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको अवस्था मा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीति लाई महत्वकासाथ हेरिएको छ ।

लकडाउनका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्ने र धराशायी बन्दै गएको व्यवसाय पुनर्जीवित गर्नका निम्ति नेपाल राष्ट्र बैंकले सहुलियत योजना ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि र मर्जरका विषयमा समेत यसपटकको मौद्रिक नीतिले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button