तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री केपी शर्मा ओलीलाई यातायात व्यबसायीको ध्यानाकर्षण


काठमाडौं – यातायात व्यबसायी तथा यातायात मजदूरहरुका विभिन्न संगठनहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी लकडाउनका कारण आफ्नो व्यबसायमा परेको असर र समाधानका विषयमा ध्यानाकर्षण गराएका छन् ।

यातायात व्यबसायीहरुले यातायात व्यबसाय सञ्चालनका लागि पुनर्कर्जाको व्यबस्था, राहत, अनुदान, यातायात श्रमिकहरुको स्वास्थ्य सुरक्षा, नवीकरणको सहजीकरण लगायत १३ बुँदे माग राखी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।प्रधानमन्त्री ओली कोरनाका कारण मुलुक आर्थिक संकटबाट गुज्रिरहेको र अहिले सबै क्षेत्रबाट सहुलियतको माग भईरहेकोमा सरकारको ध्यानाकर्षण भएकोले सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म सहयोग गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button