तपाईँ सुन्दै हुनुहुन्छः

म्यानचेस्टर सिटीमाथि लागेको दुई वर्षे प्रतिबन्ध फुकुवा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको दुई वर्षे प्रतिबन्ध सोमबार फुकुवा भएको छ ।

खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा गरेको हो ।

युरोपियन फुटबल महासङ्घले प्रिमियर लिग क्लब सिटीलाई गएको फेबु्रअरीमा दुई सिजनको लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

यूईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको हो ।

यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरोसमेत जरिबाना गरिएको थियो ।

फुकुवासँगै सिटीले च्याम्पियन्स लिग खेल्न पाउने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button