दुई वटा संघले मात्र सागको पुरस्कार पाउने
समयमा नै पेश्की फर्स्यौट नगर्दा दुई वटा संघले मात्र दक्षिण एशियाली खेलकुद सागको पुरस्कार पाउने भएका छन् ।
त्यसमा गल्फ र फेन्सिङ संघ मात्र रहेका छन । राष्ट्रिय खेलकुद परिषद्को नियम अनुसार पेश्की फस्र्योट नभएका संघलाई पुरस्कार रकम नदिने रहेको छ । परिषद्ले सबै संघलाई बारम्बार ताकेता गर्दापनि हिसाब नदेखाउन नसक्दा सागमा सहभागी भएको २६ खेलमा २३ खेल संघले पुरस्कार नपाउने भएका हुन् ।
संघलाई पेश्की फस्र्योटको अन्तिम मिति आइतबार सकिएको छ । आइतबारसम्म दुई संघको हिसावकिताव मिलेको छ । बाँकी खेल संघहरुको हिसाब मिलेको छैन ।
सागमा स्वर्ण जित्ने संघलाई नौ लाख, रजत जित्नेलाई ६ लाख र काश्य जित्ने संघलाई तीन लाख पुरस्कार दिने सरकारले नै घोषणा गरेको थियो ।
परिषद्ले आफ्नो बेरुजुलाई कम गर्ने रणनितीका साथ आर्थिक पक्षलाई कडा रुपमा अगाडी बढाएको छ । अब यसको मारमा बेरुजु रहेका खेल संघ परेका छन ।








प्रतिक्रिया राख्नुहोस्