यातायात सञ्चालन नभएको समयमा सहुलियतको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएका अवधिको बैंकको कर्जा सहित सवारीसाधनमा लाग्ने करहरु छुुट गर्न सरकारसँग माग गरेको छ ।
महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई आज भेटी यातायात व्यवसायमा रहेका समस्या बारे जानकारी गराउदै कर छुुटको माग गरेको हो ।
महासङ्घले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्न माग गरेको छ ।
आज नै ट्याक्सी चालकले यातायात व्यवस्था विभागसँग ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्