२० औँ एसियन गेम्समा नेपाललाई पहिलो पदक प्राप्त
काठमाडौँ । २० औँ एसियन गेम्समा नेपालले पहिलो पदक हासिल गरेको छ ।
नेपालको लागि कराँतेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समूहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन् ।
उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन् । सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन् ।
खगेन्द्र रोकामगरले बक्सिङको प्रारम्भिक चरणको खेलमा सानदार जित हासिल गरेका छन् ।
६० केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को स्कोरमा पराजित गरेका हुन् ।
टेबल टेनिसको महिला सिंगल्स र मिक्स्ड डबल्समा नेपालको चुनौती समाप्त भएको छ ।
महिला खेलाडी इभाना थापा र नवीता श्रेष्ठ सिंगल्स स्पर्धामा पहिलो चरणबाटै बाहिरिए । त्यस्तै, रुवीन महर्जन र इभानाको मिक्स्ड डबल्स जोडीले पनि हार बेहोर्यो ।
त्यसै गरि पौडीको महिला १०० मिटर ब्रेस्ट्रोकमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिएकी छन् ।
डुवानाले १ मिनेट १९.४७ सेकेन्डको समय निकालिन् । २५ खेलाडी सहभागी स्पर्धामा उनी समग्रमा २०औँ स्थानमा रहिन् ।
बुधवारको नतिजासँगै एसियाडमा पौडीतर्फ नेपालको अब दुई स्पर्धा मात्र बाँकी छन् । अब अभिव प्रधानले ५० मिटर बटरफ्लाइ तथा जादेनले ५० मिटर ब्रेस्ट्रोकमा प्रतिस्पर्धा गर्न बाँकी छ ।
स्क्वासको मिक्स्ड डबल्स स्पर्धामा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएको छ ।
सम्पन्न ‘राउन्ड अफ ३२’को खेलमा विपना भ्लोन र अरहन्त सिम्हाको जोडी पाकिस्तानी टोलीसँग २–० ले पराजित भएको हो । हारसँगै नेपाली स्क्वासको एसियाड यात्राको अन्त्य भएको छ ।







प्रतिक्रिया राख्नुहोस्