तपाईँ सुन्दै हुनुहुन्छः

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनले प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बसेको छुट्टाछुट्टै बैठकले सांसद छन्त्यालको निधन प्रति शोक प्रस्ताव पारित गरेको हो ।

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य छन्त्याल–२०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ्ग जिल्लाबाट संविधानसभाबाट सदस्य हुनुहुन्थ्यो ।

उहाँको ६३ वर्षको उमेरमा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको क्रममा आज निधन भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको अर्को भोलि दिउसो गते १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button