तपाईँ सुन्दै हुनुहुन्छः

सलह किरा नियन्त्रणका लागि रेपिड रिस्पौन्स टिम गठन

जनकपुरधाम । सलह किराको प्रकोप फैलिने खतरालाई दृष्टिगत गरेर प्रदेश नंं २ का सरकारले र्यापीड रिस्पौन्स टिम गठन गरेको छ ।

प्रदेश नंं २ का कृषि विकास निर्देशनालयका निर्देशक डा. रतन कुमार झाको संयोजकत्वमा रिस्पौन्स टिम गठनले सलह किरा प्रवेश गरेको जिल्लाको स्थलगत अनुगमन गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रजनिश मिश्रले जानकारी दिनु भयो ।

तीन सदस्यीय रिस्पौन्स टिमले बारा तथा पर्सा जिल्लाको स्थलगत अनुगमन गरेर सलह किराको बारेमा स्थलगत जानकारी लिएको र सलह किरा नै भएको भए पनि निक्कै कम संख्यामा नेपाल प्रवेश गरेको जनाएको छ । अहिले सलह किरा जङ्गल हुदै सिन्धुली तथा रामेछाप तर्फ गएको छ ।

किरा सलह नै भएको तर उनीहरु अपरिपक्व अवस्थामा रहेको छ भने हालसम्म बालीमा त्यस्तो ठूलो क्षति नभएको जानकारी प्रवक्ता मिश्रले गराउदै भविष्यमा हुने जोखिम प्रति मन्त्रालय सतर्क रहेको जनाएको छ ।

किराको अहिले सानो झुण्ड भएपनि भविष्यमा भारतबाट ठूलो संख्यामा आउने खतरा रहेकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले पूर्ण सतर्कता सहित कामकाज गरिरहेको प्रदेश नंं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button