राजनीति संगै च्याउखेतीमा वडाध्यक्ष

जुम्ला – तिला गाउँपालिका २ का वडाध्यक्ष कलीबहादुर रावत हरेक दिन विहानै च्याउ बिक्री गर्न नजिकैको डुंगेली बजारमा निस्कीन्छन् । एका बिहानै हातमा दुइवटा बाल्टीनमा भरी च्याउ लिएर नजिकैको बजारमा बिक्रि गर्नु उँहाकोे दैनिकी नै हो । साँझ र विहानको समय च्याउखेतीमै बेस्थ देखिने उनी दिउँसो जनताको काममा समर्पित हुन्छन् ।
कोरोना भाइरसका कारण खाद्य संकट बढ्दै गएपछि प्रदेश सरकारी देखि स्थानीय सरकार कृषिमा जुटेका छन् । वडाध्यक्ष रावलेभन्नुभयो,“बाझो जग्गाा राख्न नपाउने नीति लिएका छौ । हामी कृषिका नीति बनाउछौ । तर आफैबाट शुरुवात गर्दा सबैलाई उत्प्ररेणा मिल्छ भन्ने सोचले च्याउखेती शुरुवात गरेको हुँ ।आगामी आवको नीति तथा कार्यक्रम कृषिलाई प्रथामिकता दिएका छौ । १ करोड बजेट कृषिमै विनियोजन गरेका छौ । अनुदान देखि कृषिमा यान्त्रीकरण गर्ने नीतिले यूवालाई प्रोत्साहन गर्ने उँहाको विश्वास छ ।
लकडाउनकै बीचमा शुरुवात गरिएको च्याउखेती अहिले व्यवसायीक रुपमा अघि बढेको छ । स्थानीय किसान हेर्नका लागि पनि दैनिक आउने गरेका छन् । एक डेढ हप्ताकै अवधिमा ३० केजी च्याउ बेचेको वडाध्इक्ष रावत बताउँछन् । घरमा २८ वटा च्याउका बल्व बनाएका छन् । २८ बल्वबाट एक क्वीन्टल च्याउ बेच्ने लक्ष उँहाको छ । च्याउ प्रतिकेजी ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । यहाँको रारा सीतानगर,डुंडेली,त्रिबेणी र कुडारी बजारमा च्याउ बेच्न जाने गरेका छन् ।
च्याउखेतिमा दुख धेरै छ । तर मुल्य पनि धेरै छ । उत्पादित च्याउ बेच्दा हुने आम्दानीले सबै दुख हराउने गरेको छ । वडाध्यक्ष हुदैँमा आयआर्जन गर्न सकिने अवस्था छैन् । उनले थपे,“आयआर्जन त कृषि क्षेत्रमा संलग्न भएपछि मात्र गर्न सकिन्छ, अब रहेक जनप्रतिनिधिले राजनीतिलाई कृषि संग जोड्न जरुरी छ ।” जनतामुखी राजनीति गर्नका लागि आफ्नो आजृआर्जन हुनै पर्छ । हाल च्याउ खेतीबाट पाँच जनाको परिवारलाई च्याउ खेतिबाट पाल्न सफल भएको समेत उल्लेख गरे । च्याउखेति गरेदेखि घरखर्चको लागि कुनै समस्या छैन् ।
कार्यकालपछि व्यवसायीक कृषिमा जुट्छु
अहिले आधी समय जनताको सेवा र आधी समय च्याउखेतीमा वितेको छ । सानो झगडा पर्दा देखि मुद्धा मालिला घर झगडा मिलाउन जनताकै घरमा पुग्छु । तर कार्यकाल सकिएपछि व्यवसायीक रुपमा कृषि क्षेत्रलाई अघि बढाउने वडाध्क्ष रावतको अठोटछ । कृषिबाट निकै फाईदा छ । यो च्याउ कात्तिक महिना सम्म उत्पादन गर्न सकिने उनी बताउँछन् । वडाध्यक्ष रावत भन्छन,‘जनप्रतिनिधि भइदैमा घरपरिवारको लालनपालन गर्न सकिने अवस्था रहँदैन् । घरपरिवारको रोजिरोटीको लागि त ब्यवसायीक रुपमा कृषि खेति गर्न जरुरी छ ।’
धेरै जनप्रतिनिधि कृषि कार्य गर्न लजाउँछन् । कृर्षि तिर लाग्दा अपमानित महसुस गर्छन । उनले थपे,‘माटो संग रमाउनु त सौभाग्य हो । खेतबारीमा किसानी कार्य गर्नु कुनै नराम्रो कार्य नभई सम्मानित कार्य हो । आगामी दिनमा खेतिबारी संग घुलमिल नहुने ब्यक्तिलाई राजनीतिमा निषेध गर्ने नीति ल्याउन समेत आबश्यक रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्