पाल्पाको रामपुरमा एक पुरुषको शव फेला
पाल्पा । पाल्पाको रामपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेका छ । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
उनी बस्दै आएको घर पछाडि मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीम बहादुर कार्कीले जानकारी दिनुभयो ।
मृतकको घर रोल्पा भनिए पनि हालसम्म नाम थर र ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मजदुरीको क्रममा रामपुर आएका उनी ४ वर्षदेखि विष्णुदेवी आचार्यको पुरानो घरमा बस्दै आएका थिए ।
शवको पोस्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्