छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने
जनकपुरधाम।मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ । छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले छठजस्ता पर्वका माध्यमबाट सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई बलियो बनाउने बताउनुभएको छ ।
मधेस प्रदेशसहित समग्र राष्ट्रमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न यो पर्वबाट प्रेरणा मिल्ने विश्वास उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्