छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् : अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, आरोग्य र समृद्धिको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै शुद्धता, संयम र निष्ठाको छठ पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताउनुभएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार हुने उल्लेख गर्दै अध्यक्ष ओलीले छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्