थप २९ सँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ३ सय १९
जनकपुरधाम । केही समय यता प्रदेश नंं २ मा कोरोनाको संक्रमण साना साना बालबालिकामा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा प्रदेश नंं २ को धनुषा, महोत्तरी तथा पर्सा जिल्लामा गरेर कूल २९ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण भएको पुष्टि भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाउको छ । जसमा दुई जना १ वर्षका बालबालिका रहेका छन् ।
प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिईएको पि सि आर परीक्षणमा धनुषामा ३ जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा २ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
घनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाईनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी, महोत्तरी जिल्लाको सम्सी नगरपालिकामा १४ वर्ष देखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टाईनमा १ वर्षको बालिका १ जना तथा १ वर्षको बालक १ जनामा संक्रमण देखिएको छ ।
औरहीको क्वारेन्टाईनमा एक वर्षको बालक, बालिका सहित ३९ वर्ष उमेर समूहका गरेर १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्ष देखि ३८ वर्षसम्मका १० जना पुरुषमा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी, पर्सा जिल्लाको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिला गरेर २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सचिव डा. घिमिरेले जानकारी दिनु भयो । पछिल्लो पटक संक्रमण पुष्टि भएको संक्रमित संगै प्रदेशमा संक्रमितहरुको संख्या ३ हजार ३ सय १९ जना पुगेको छ ।
जसमा २ सय जना महिला तथा ३ हजार १ सय १९ जना पुरुष रहेका छन् । पछिल्लो पटक संक्रमितबाट घर परिवारमा पनि सरेका कारणले बालबालिकाहरुमा संक्रमण बढ्दै गएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका उप निर्देशक विजय कुमार झा ले जानकारी दिनु भयो । संक्रमितहरु घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय रहेको छ ।
यसै बीच प्रदेश नंं २ को विभिन्न आईसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका विरामीहरु संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या प्रदेश २ मा १ हजार ४ सय १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्